गृहपृष्ठ चुरोट पिउन राेकेकाे भन्दै खुट्टाले घाँटी थिचेर महिलाको हत्या

चुरोट पिउन राेकेकाे भन्दै खुट्टाले घाँटी थिचेर महिलाको हत्या

छेउमा बसेर चुरोट पिउन नदिएको भन्दै भारतमा एक महिलाको घाटी थिचेर हत्या भएको छ । दैनिक हिन्दुस्तानका अनुसार अमृतसरबाट टाटानगर जाने जलियान्वाला बाग एक्सप्रेसमा यो घटना भएको हो ।

आफ्नो परिवारसँग ट्रेनमा यात्रा गरिरहेकी चिन्तादेवीले सोही कम्पार्टमेन्टमा चुरोट तानिरहेका युवकलाई चुरोट पिउन रोकेकी थिइन् । त्यसपछि आक्रोशित बनेका युवकले चिन्तादेवीमाथि कुटपिट गर्न थाले । चिन्तादेवी भुईंमा लडेपछि ती युवकले आफ्नो खुट्टाले उनको घाँटी थिचेर हत्या गरेका हुन् । बिहारको रोहतास जिल्लाकी चिन्तादेवी पन्जाबमा परिवारसँगै एक फ्याक्ट्रीमा काम गर्थिन् । छठ पूजाका लागि उनी गाउँ जाँदै थिइन् ।

बरेलीको छेउमा भएको यो घटनापछि जनरल कोचमा खैलाबैला मच्चियो । सूचना पाउनेबित्तिकै जीआरपीले शाहजहाँपुरमा ट्रेन रोक्न लगाएर महिलालाई अस्पताल पठाएका थिए, जहाँ उनलाई मृत घोषित गरियो । जीआरपीले आरोपितलाई गिरफ्तार गरी जेल पठाइदिएका छन् । (बीबीसी हिन्दी)

प्रकाशित समय १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु