गृहपृष्ठ श्रीलंकामा राजनीतिक संकट : राजपाक्षेद्वारा आफ्नो बचाउ

श्रीलंकामा राजनीतिक संकट : राजपाक्षेद्वारा आफ्नो बचाउ

सभामुख भन्छन्- देशमा कुनै सरकार छैन

srilanka-samsad

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रनिल विक्रमासिंघेलाई हटाएर महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री चयन गरेपछि सुरु श्रीलंकाको राजनीतिक संकट उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री परिवर्तनपछि राष्ट्रपतिले संसद भंग गरी निर्वाचन घोषणा गरे । तर त्यहाँको सर्वाेच्च अदालतले त्यसलाई बदर गरिदियो । त्यसलगत्तै श्रीलंकाली संसदले राजपाक्षेविरुद्ध अविश्वासको प्रस्ताव पास गर्याे ।

विहीबार संसदमा प्रधानमन्त्री महिन्दा राजपाक्षेले सभामुखसँग ध्वनीमतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने अधिकार नभएको दावी गरे । उनले यो मंगलबार आफूविरुद्ध पारित अविश्वसको प्रस्तावप्रति लक्षित थियो । त्यस लगत्तै श्रीलंकाली संसदमा राजपाक्षे र विक्रमासिंघे पक्षबीच हात हालाहाल भएको विदेशी सञ्चारमाध्यमहरुले बताएका छन् ।

श्रीलंकाको संसद विहीबार पनि बोलाइएको थियो । त्यसबखत सभामुख कारु जयसूर्याले मुलुकमा कुनै सरकार नभएको बताए । उनले अहिले श्रीलंकामा कुनै प्रधानमन्त्री नभएको टिप्पणी गरे । जयसूर्याले चाहे राष्ट्रपतिद्वारा नियुक्त गरिएका राजपाक्षे हुन् या उनका प्रतिद्वन्द्वी विक्रमासिंघे नै किन नहोस् मुलुकमा कुनै प्रधानमन्त्री छैनन् भने ।

तर सभामुखको यो भनाईको खण्डन गर्दै राजपाक्षेले कुनै खास मुद्दाको फैसला ध्वनिमतद्वारा हुन नसक्ने बताए । त्यसबखत राजपाक्षेले प्रधानमन्त्री या उनका क्याबिनेट मन्त्री नियुक्त गर्ने या हटाउने अधिकार सभामुखलाई नभएको पनि जिकिर गरे ।

अझ एक कदम अघि बढेर राजपाक्षेले सभामुखले पक्षपात गरिरहेको आरोप लगाए । उनले यो राजनीतिक संकटबाट देशलाई मुक्त गर्नका लागि निर्वाचन उत्तम विकल्प भएको टिप्पणी गरे ।

त्यसलगत्तै विरोधी सांसदले राजपक्षेको बयामा भोट गराउन माग गरे । त्यही बेला केही सांसद सदनको बीचमा आएर नराबाजी गर्न सुरु गरे । त्यसपछि संसदमा भिडन्त सुरु भएको समाचारमा जनाइएको छ । भिडन्तका क्रममा केही सांसद भूँइमा लढेको र राजपाक्षे समर्थकले सभामुखतर्फ पानीको बोतल, किताब तथा खाली क्यान फ्याँकेका थिए । आधाघण्टासम्म यो क्रम चलेको थियो ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु