गृहपृष्ठ सरकारले इजरायल र अफ्रिकाका राजदूतलाई फिर्ता बोलायो

सरकारले इजरायल र अफ्रिकाका राजदूतलाई फिर्ता बोलायो

सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाका अनुसार सो ठाउँमा अञ्जान शाक्यलाई सिफारिस गरिएको छ ।

थापालाई तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले राजदूत बनाएको थियो । थापा राप्रपाका नेता समेत हुन् । त्यस्तै सरकारले अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाएको मन्त्री बास्कोटाले जानकारी दिए ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु