गृहपृष्ठ एक किलोग्राम अब एक किलोग्राम रहेन

एक किलोग्राम अब एक किलोग्राम रहेन

वैज्ञानिकहरुले किलोग्रामको परिभाषा परिवर्तन गरिदिएका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी मुलुकले समर्थन गरेका छन् ।

अहिले ‘ली ग्रान्ड के’ प्लेटिनमबाट बनेको एउटा सिलको वजनलाई किलोग्रामका रुपमा बुझ्ने गरिएको छ । यस्तो एक सिल पश्चिमी पेरिसस्थित इन्टरनेसनल ब्यूरो अफ वेट्स एन्ड मेजर्स (बीआईपीएम) सँग सन् १८८९ देखि रहेको छ ।

फ्रान्सको भर्साइल्समा ‘वेट एन्ड मेजर्स’मा आयोजित एक सम्मेलनमा कैयौं वैज्ञानिकहरु सहभागी थिए । सोही सम्मेलनले भोटिङमार्फत किलोग्रामको परिभाषा परिवर्तन गर्ने प्रस्तावलाई अनुमोदन गरिदिएको हो ।

अधिकांश वैज्ञानिकहरुले किलोग्रामलाई यान्त्रिक र विद्युत चुम्बकीय ऊर्जाको आधारमा परिभाषित गर्नुपर्ने मत राखेका थिए । यूकेस्थित नेसनल फिजिकल ल्याबोरेट्रीका वैज्ञानिक पेर्डी विलियम्सले यसबारे मिल्दोजुल्दो मत राखेकी छन् । ‘म लामो समयसम्म यो प्रोजेक्टसँग जोडिएको छैन र म किलोग्रामको मापन मन पराउँछु । तर, यो आफैंमा महत्वपूर्ण समय हो र एउटा राम्रो कदम पनि ।’ उनले भनिन् । उनका अनुसार नयाँ तरिकाले निकै राम्रोसँग काम गर्नेछ ।

किन परिवर्तन गरियो किलोग्रामको परिभाषा ?

किलोग्रामको परिभाषामा गरिएको परिवर्तनले मानिसहरुको दैनिक जीवनमा प्रभाव नपर्ने बताइएको छ । तर, उद्योग र विज्ञानमा यसको व्यवहारिक प्रयोग हुने अपेक्षा गरिएको छ किनकि, यहाँ मापनको आवश्यकता पर्नेछ ।

अन्तर्राष्ट्रिय मात्रक प्रणालीमा किलो सात बेसिक युनिट्समध्ये एक हो । तीमध्ये चार हो– किलो, एम्पिएर (विद्युत प्रवाह), केल्विन (ताप) र मोल (पार्टिकल नम्बर) । किलोग्राम अन्तिम एसआई बेस युनिट हो जो अहिलेसम्म एक फिजीकल अब्जेक्टद्वारा परिभाषित छ ।

‘ली ग्रान्ड के’ लन्डनमा निर्मित ९० प्रतिशत प्लेटिनम र दस प्रतिशत इरिडियमबाट बनेको ४ सेन्टीमिटरको एक सिलेन्डर हो, जो पश्चिमी पेरिसको सीमान्त सेवरेमा इन्टरनेसनल ब्यूरो अफ वेट्स मेजर्स (बीआईपीएम)को वाल्टमा सन् १८८९ देखि बन्द छ ।

किनकि, फिजीकल अब्जेक्टले सजिलैसँग परमाणुलाई सोस्न सक्छ वा हावाबाट अणुहरुलाई अवशोषित गर्न सक्छ । त्यसैले यसको मात्रा माइक्रोग्राममा दसौं पटक परिवर्तन गरिएको थियो । यसको अर्थ, किलोग्राम र स्तर मापनका लागि संसारभरमा प्रोटोटाइपको उपयोग गरिन्छ, यसलाई ‘सही अशुद्धि’ भएको बताइन्छ । सामान्य जीवनमा यस खालको सामान्य परिवर्तन देखिँदैन । तर, निकै सटीक वैज्ञानिक गणनाहरुका लागि यो ठूलो समस्या हो ।

नयाँ किलोग्राम
भविष्यमा किलोग्रामलाई किब्बल वा वाट ब्यालेन्सको उपयोग गरेर नापिने छ । एउटा यस्तो उपकरण जसले यान्त्रिक र विद्युत चुम्बकीय ऊर्जाका उपयोग गरेर सटकी गणना गर्छ । यसपछि अब किलोग्रामको परिभाषा न परिवर्तन गर्न सकिने छ न यसबाट कुनै नोक्सान नै हुन्छ । यसले फ्रान्समा मात्रै होइन, संसारको कुनै पनि ठाउँमा वैज्ञानिकहरुलाई एक किलोको सटीक माप उपलब्ध गराउँछ । यूकेको राष्ट्रिय मानक प्रयोगशालाका शोध निर्देशक थिओडोर जोनसेन भन्छन्, ‘वैज्ञानिक नापमा एसआईलाई पुनः परिभाषित गर्नु एक सम्झनलायक पल हो ।’

एक पटक लागू भएपछि सबै एसआई यूनिट फन्डामेन्टल कन्स्टेन्टको प्रकृतिमा आधारित हुन्छ,’ उनी भन्छन्, जसको अर्थ सधैंका लागि तय हुन्छ र यसले अझै अधिक सटीक माप गर्न सक्छ ।’

अन्य परिवर्तन
नयाँ किलोग्राम मे २०१९ बाट कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । यो इलेक्ट्रन पम्पको माध्यमबाट गरिने छ जसले एकपटक प्रवाहित विद्युतबाट औसत करेन्ट उन्पन्न गर्छ र विद्युतको गणना गर्छ ।

केल्विन (तापमान यूनिट) लाई परिभाषित गर्न ध्वनिका लागि प्रयोग हुने थर्मामिटरको उपयोग गरिन्छ, जसले एक निश्चित तापमानमा ग्यासबाट भरिएको क्षेत्रमा ध्वनिको गतिको माप लिन्छ । बीबीसीबाट

प्रकाशित समय १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु