गृहपृष्ठ ब्राजिलमा बैंक लुट्न गरिएको आक्रमणमा ११ जनाको मृत्यु
ब्राजिलमा बैंक लुट्न गरिएको आक्रमणमा ११ जनाको मृत्यु
ब्राजिलमा दुई बैंक लुट्न शुक्रबार बिहानै गरिएका आक्रमणमा बन्धक बनाइएका पाँचजनासहित ११ जनाको मृत्यु भएको छ । आक्रमणमा ६ जना लुटेराको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ भने एक बच्चासहित पाँच जना बन्धक बनाइएका व्यक्तिको पनि ज्यान गएको सेयरा राज्यको मिलाग्रेस सहरका नगर प्रमुख लियलसन ल्यान्डिजलाई उद्धृत गरी ब्राजिलको रेडियो व्यान्ड न्युजले बताएको छ ।
सशस्त्र लुटेराले बैंकमाथि आक्रमण गरी ढालका रूपमा पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र दोहोरो झडपमा उनीहरूको मृत्यु भएको बताइएको छ । (रासस)
प्रकाशित समय ०९:४० बजे

















