गृहपृष्ठ नेकपाको सचिवालय बैठक बस्दै
नेकपाको सचिवालय बैठक बस्दै
फाइल तस्बिर
तल्लो तहको एकता प्रक्रिया र पोलिट्ब्युरो गठनबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो ३ बजे बस्ने बैठकमा स्थायी समिति बैठकको एजेन्डाका विषयमा पनि छलफल हुने छ ।
यस्तै, केन्द्रीय सदस्यको कार्यविभाजन पनि बैठकको एजेन्डा बन्नेछ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भए पनि केन्द्रभन्दा तल्ला कुनै तहको एकता टुंगिसकेको छैन । केही दिनअघि प्रदेश कमिटीलाई पूर्णता दिइए पनि जिल्ला कमिटी र अरु जनवर्गीय संगठनको संयोजन हुन सकेको छैन । तल्ला कमिटीको एकता नभएको तथा जिम्मेवारी नपाएको भन्दै केन्द्रीय सदस्य तथा तल्ला कमिटीका नेता–कार्यकर्ताले गुनासो गर्दै आएका छन् ।
प्रकाशित समय ०९:२३ बजे

















