गृहपृष्ठ अमेरिकी प्रतिबन्ध कायम रहे परमाणु निस्शस्त्रीकरण हुँदैन : किम
अमेरिकी प्रतिबन्ध कायम रहे परमाणु निस्शस्त्रीकरण हुँदैन : किम
उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाले नाकाबन्दी कायम राखे परमाणु निस्शस्त्रीकरणको बाटो बदल्ने चेतावनी दिएका छन् ।
नयाँ वर्षको अवसरमा मंगलबार शुभकामना दिँदै नेता किमले आफू परमाणु अस्त्र निस्शस्त्रीकरणमा प्रतिबद्ध रहेपनि अमेरिकाले भने नाकाबन्दी फुकुमामा चासो नदिएको आरोप लगाएका हुन् । सम्बोधनका क्रममा किमले पटक–पटक अमेरिकी नाकाबन्दीको विरोध गरे ।
उत्तर कोरियाको सरकारी टेलिभिजनमा प्रसारण गरिएको सम्बोधनमा किमले भने, ‘यदि अमेरिकाले संसारसामु व्यक्त गरेको आफ्नो प्रतिबद्धता पालना नगरी हामीमाथि नाकाबन्दी र दबाब जारी राख्छ भने हाम्रो सार्वभौमसत्ता र हाम्रो स्वार्थको सुरक्षाका लागि नयाँ बाटो लिनुको विकल्प छैन ।’
किमको कदमले उत्तर कोरियालाई दक्षिण कोरिया र अमेपरकासँग सम्बन्धमा नयाँ आयम थपेको थियो । २०१८ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच भएको भेटवार्ताले परमाणु निस्शस्त्रीकरणबारे अभूतपूर्व सहमति भएको थियो ।
प्योङयाङले प्रतिबन्धित परमाणु तथा अन्तरमहादेशीय क्षेप्यास्त्र कार्यक्रमका कारण संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्, युरोपेली संघ तथा अन्तर्राष्ट्रिय समुदायको नाकाबन्दी खेपिरहेको छ । भेटमा दुवै नेताले परमाणु निस्शस्त्रीकरणको सहमतिमा हस्ताक्षर गरे पनि त्यसयता किम र ट्रम्प टाढिएको बिबिसीको विश्लेषण छ ।
प्रकाशित समय १०:४१ बजे

















