गृहपृष्ठ अब जनता बैंकबाटै सिटिजन लाइफ इन्स्योरेन्सको सेवा

अब जनता बैंकबाटै सिटिजन लाइफ इन्स्योरेन्सको सेवा

janata-bank-citizen-life-newskarobar

जनता बैंक नेपाल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेनस सेवासम्बन्धी सम्झौता भएको छ । ग्राहकलाई एकद्वार सेवा प्रणालीमार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्योरेन्स कम्पनीहरुसँग सम्झौता गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग पनि सम्झौता गरिएको जनता बैंकले जनाएको छ ।

जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै जनता बैंकका ग्राहकले सबै १ सय २८ शाखाबाट छिटोछरितो र सहज रुपमा जीवन बिमा गर्न सक्नेछन् । साथै, शाखाहरुबाटै बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु