गृहपृष्ठ माछापुच्छ्रे बैंकका ग्राहकलाई मेडिसिटी अस्पतालमा विशेष सहुलियत
माछापुच्छ्रे बैंकका ग्राहकलाई मेडिसिटी अस्पतालमा विशेष सहुलियत
नेपाल मेडिसिटी अस्पताल र माछापुच्छ्रे बैंकबीच स्वास्थ्य प्रवर्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका कर्मचारी तथा सेवाग्राहीले मेडिसिटीमा उपचार गर्दा ७ प्रतिशतसम्मको विशेष सहुलियत पाउने भएका छन् ।
माछापुच्छ्रे बैंकको मुख्य कार्यालय लाजिम्पाटमा मंगलबार भएको सम्झौतामा नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका डेपुटी सिइओ सन्तोष कोइरालाले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा अस्पतालका महाप्रबन्धक रिमालले बैंकका सेवाग्राहीलाई अस्पतालमा सम्भावित खर्चको व्यवस्थापनमा यस किसिमको सम्झौताले टेवा पुग्ने धारणा बताए । कर्पोरेट क्षेत्रलाई मध्यनजर गरी लक्षित गरिएका विभिन्न स्वास्थ्य सचेतना कार्यक्रमलाई बैंकसँगको सहकार्यमा अघि बढाउन सकिने उनको भनाइ छ ।
त्यस्तै, माछापुच्छ्रे बैंकका डेपुटी सिइओ कोइरालाले बैंकका लाखौं ग्राहकले नेपालको सुविधा सम्पन्न अस्पतालमा विशेष सुविधा पाउने भएकाले सम्झौता फलदायी हुने विश्वास व्यक्त गरे ।
प्रकाशित समय १०:३१ बजे

















