गृहपृष्ठ डा. केसीले अन्ना हजारेलाई लेखेको पत्रका सम्बन्धमा भारतमा चर्चा
डा. केसीले अन्ना हजारेलाई लेखेको पत्रका सम्बन्धमा भारतमा चर्चा
त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले भारतका समाजसेवी अन्ना हजारेलाई लेखेको पत्रले भारतमा चर्चा पाएको छ । भारतीय मिडिया अमर उजालाले डा. केसीले हजारेलाई पत्र लेखेको समाचार प्रकाशित गरेको छ ।
अमर उजालाका अनुसार डा. केसीले हजारेको ‘सत्याग्रह’को सफलताको कामना गरेका छन् । डा. केसीले हजारेलाई उनको सत्याग्रहका कारण दुनियाभरका लखौं मानिसलाई भ्रष्टाचारविरूद्ध लढ्ने प्रेरणा प्राप्त भएको उल्लेख गरेको समाचारमा उल्लेख छ ।
डा. केसीले नेपालमा पछिल्लो सात वर्षदेखि भ्रष्टाचार र कुशासनविरूद्ध आफूहरू लढीरहेको उल्लेख गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित समय ११:४७ बजे

















