गृहपृष्ठ जम्मु काश्मिरमा गोली हानाहान, ४ भारतीय सैनिकको मृत्यु
जम्मु काश्मिरमा गोली हानाहान, ४ भारतीय सैनिकको मृत्यु
भारत प्रशासित जम्मु काश्मिरको पुलवामा जिल्लाको पिंगलेनामा गोली हानाहान भएको छ । सोमबार भएको गोली हानाहानमा भारतीय सेनाका ४ जनाको मृत्यु भएको छ । अन्य १ जना घाइते भएका छन् ।
प्रहरी प्रवक्ता मनोजकुमारका अनुसार घटनाबारे थप जानकारी आउन बाँकी रहेको बीबीसीले जनाएको छ । भारतीय सुरक्षाकर्मीले उग्रवादी लुकेको सूचना पाएपछि संयुक्त अपरेशन शुरु गरेको थियो । केही दिन अघि सोही क्षेत्र नजिक ४६ जना भारतीय सैनिक मारिएका थिए ।
प्रकाशित समय १२:१९ बजे

















