गृहपृष्ठ साउदी युवराज भारतमा, मोदीले गरे स्वागत

साउदी युवराज भारतमा, मोदीले गरे स्वागत

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान भारत पुगेका छन् । पाकिस्तानको भ्रमण सकेर सलमान दुई दिने भ्रमणका लागि मंगलबार भारत पुगेका हुन् । उनलाई स्वागत गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलमा पुगेका छन् ।

युवराजलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि आफैं बिमानस्थलमा गएर आफ्नो निवासमा लगेका थिए । बुधबार भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच दुई पक्षीय वार्ता हुँदैछ । साउदी युवराजले पाकिस्तानलाई २० अर्ब डलर लगानीको सम्झौता पनि गरेका थिए ।

प्रकाशित समय १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु