गृहपृष्ठ विपक्षीलाई ट्रम्पको व्यंग्य- वार्ताको तरिका बताएकामा धन्यवाद
विपक्षीलाई ट्रम्पको व्यंग्य- वार्ताको तरिका बताएकामा धन्यवाद
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनसँगको दोस्रो शिखर वार्ताको अन्तिम तयारीमा छन् । सिंगापुरमा उनसँग पहिलो शिखर वार्ता गरेका ट्रम्प दोस्रो वार्ताका लागि भियतनाम पुग्दैछन् ।
ट्रम्प-उन शिखर वार्तालाई लिएर अमेरिकी सिनेटमा पनि छलफल भएको थियो । आइतबारको सिनेटमा डेमोक्र्याट्सका नेता मार्कले यो शिखर वार्तालाई लिएर चिन्ता प्रकट गरे । मार्कले शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्प अत्यन्त सावधान हुनु आवश्यक रहेको टिप्पणी गरे । मार्कले त्यसबखत राष्ट्रपति ट्रम्पले परमाणु निशस्त्रीकरणको बदलामा के उत्तर कोरियालाई के दिइँदैछ ? भनेर सावधान हुनु आवश्यक रहेको बताए ।
ट्रम्प-उन अर्को हप्ता भियतनामस्थित हनोई प्रान्तमा शिखर वार्ता गर्दैछन् । यो दोस्रो शिखर वार्ताको प्रमुख उद्देश्य उत्तर कोरियाको परमाणु निशस्त्रीकरण रहेको टिप्पणी हुँदै आएको छ । त्यसको बदलामा उत्तर कोरियाले पाउने सुविधाका सम्बन्धमा अमेरिकी सिनेटमा चर्चा भएको हो ।
तर, राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको जवाफ दिएका छन् । उनले विपक्षीले उठाएको प्रश्नको ट्वीटरमै आलोचनात्मक जवाफ फर्काएका छन् । जो वर्षौंसम्म विफल रहे उनीहरूका लागि यो शिखर वार्ता दिलचस्पी हुन्छ, ट्रम्पले ट्वीटरमा भनेका छन् ।
So funny to watch people who have failed for years, they got NOTHING, telling me how to negotiate with North Korea. But thanks anyway!
— Donald J. Trump (@realDonaldTrump) February 24, 2019
व्यंग्यात्मक टिप्पणी गर्दै ट्रम्पले अगाडि भनेका छन्- वार्ता गर्ने तरिका बताएकामा धन्यवाद । शिखर वार्ताको लागि आफ्नो भियतनाम यात्रालाई ट्रम्पले ‘आशा भरिएको’ बताएका छन् ।
ट्रम्पले उत्तर कोरियाले पछिल्ला दिनमा कुनै पनि परमाणु हतियार परीक्षण नभएको दावी गरेका छन् । उनले यसो भन्नुको अर्थ वार्ता सकारात्मक हुनेमा ट्रम्प निकै आशावादी देखिएको कतिपयको विश्लेषण छ ।
शिखर वार्ताका लागि अहिलेसम्म केही पनि स्पष्ट नभएको मार्कले बताएका थिए । सँगै आफूले राष्ट्रपतिले जोखिम उठाउनु आवश्यक नदेखेको मार्कको टिप्पणी थियो ।
प्रकाशित समय १४:०८ बजे

















