गृहपृष्ठ इरानका विदेशमन्त्रीले राजीनामा दिए
इरानका विदेशमन्त्रीले राजीनामा दिए
इरानका विदेशमन्त्री जवाद जरिफले राजीनामा दिएका छन् । विदेशमन्त्री जरिफले इन्स्ट्राग्राममार्फत् राजीनामा दिएको घोषणा गरेका हुन । उनले सरकारबाट आफ्नो कार्यकालका बेला भएका गल्तीको माफीसमेत मागेका छन् ।
जरिफले सन् २०१५ मा अमेरिकासँगको परमाणु सम्झौताका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ५९ वर्षीय जरिफ सन् २०१३ देखि इरानको विदेशमन्त्री बनेका थिए । अमेरिकाले इरानसँग गरेको परमाणु सम्झौता रद्द गरेपछि जरिफ इरानको कट्टरपन्थीको निशानामा परेका थिए ।
प्रकाशित समय ०७:४६ बजे

















