गृहपृष्ठ भारतीय लडाकु विमानले पाकिस्तानमा बम खसाल्यो

भारतीय लडाकु विमानले पाकिस्तानमा बम खसाल्यो

जवाफी कारबाही गरिएको पाकिस्तानको दाबी

bom_bharat_pak_newskarobar

भारतीय वायुसेनाले पाकिस्तानी क्षेत्रमा बम आक्रमण गरेको छ । मंगलबार बिहान साढे ३ बजेको समयमा पाकिस्तानको बालाकोट क्षेत्रमा बम आक्रमण गरिएको बताइएको छ । यसअघि भारतीय वायुसेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबी पाकिस्तानी सेनाले गरेकाे थियाे ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटमा लेखेका छन्, ‘मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेका थिए। त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको छ ।’ उनले ट्वीटमा भनेका छन, ‘भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे। पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल र प्रभावशाली कारबाही भयो त्यसपछि उनीहरू भाग्न थाले ।’

‘भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाए जुन बालाकोटनजिकै खसे। त्यसबाट कुनै हानि या कोही हताहत नभएको बीबीसीले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशमाथि आक्रमण भए प्रतिकार गर्ने बताएका छन् । भारतले सैन्य कारबाही गरे पाकिस्तान चुप नलाग्ने उनले बताएका हुन् ।

प्रकाशित समय ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु