गृहपृष्ठ भारतीय विदेशमन्त्रीको प्रष्टिकरण- पाकिस्तानी सैन्य प्रतिष्ठान होइन आतंककारी क्याम्पलाई निसाना बनइएको हो

भारतीय विदेशमन्त्रीको प्रष्टिकरण- पाकिस्तानी सैन्य प्रतिष्ठान होइन आतंककारी क्याम्पलाई निसाना बनइएको हो

Sushma-Swaraj तस्बिर- गुगल

भारतीय विदेशमन्त्री शुस्मा स्वराजले भारतीय वायु सेनाले पाकिस्तानी सैन्य प्रतिष्ठान नभई ‘आतंककारी’हरूको शिविरलाई निशाना बनाएको बताएकी छिन् । उनले पुलवामा (केही समय अघि भएको विस्फोट) मा जैश ए मोहम्मदको संलग्नतालाई पाकिस्तानले अस्वीकार गरेको थियो ।

विदेशमन्त्री स्वराजले भारत कुनै पनि प्रकारको तनाव बढाउने पक्षमा नरहेको दावी गरिन् । सँगै उनले जैशले भारतका थप अन्य स्थानमा ‘आतंककारी हमला’ को तयारी गरिरहेको पनि दावी गरिन् । स्वराजका अनुसार बालाकोट आक्रमणमा भारतले गैर सैनिकको ज्यान नजाओस् भनेर ध्यान दिएको उल्लेख गरिन् । ‘पाकिस्तनी सीमामा गरिएको कारबाहीमा कोही पनि गैर सैनिकको ज्यान नजाओस् भनेर हामीले ध्यान राखेका थियौं’ उनले भनिन् ।

चीनको बेइजिङस्थित बुझेनमा रूस-चीन-भारतको विदेशमन्त्रीस्तरीय १६ औं बैठक चलीरहेको छ । सोही बैठमा स्वराजले पुलवामा हमलाको मुद्दा उठाइन् । उक्त बैठकमा स्वराजले पाकिस्तानी सीमामा भएको भारतीय हमला सैन्य अभियान नभएको बताएको भारतीय सञ्चारमाध्यम दैनिक भास्कर डटकमले समाचार लेखेको छ । उक्त समाचारमा जनाइए अनुसार शुस्माले भारत जिम्मेवारी र संयमताका साथ काम गर्छ भनिन् ।

यो पनि पढ्नुहोस्

पाकिस्तानको दाबी : भारतीय दुई बिमान खसाल्यौं, पाइलट गिरफ्तार

भारतीय वायुसेनाको विमान काश्मिरमा दुर्घटना

भारतले पाकिस्तानी भूमिमा फेरि गर्यो आक्रमण, चार जनाको मृत्यु

भारतीय आक्रमणको जवाफ दिन्छौं : पाकिस्तानी विदेशमन्त्री

के भारतीय सेनाले नियन्त्रण रेखा पार गरेको हो ?

भारतीय लडाकु विमानले पाकिस्तानमा बम खसाल्यो

भारतले आक्रमण गरे पाकिस्तान सोचेर बस्दैन, कडा प्रतिकार गर्नेछ : इमरान खान

जम्मु काश्मिरमा गोली हानाहान, ४ भारतीय सैनिकको मृत्यु

कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ : मोदी

प्रकाशित समय १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु