गृहपृष्ठ ताजा खबर
ढाका, बङ्गलादेश, ४ पुस (रासस÷एएफ्पी) ःबङ्गलादेश तथा म्यानमारका अधिकारीहरूको मङ्गलबार बसेको बैठकले म्यानमारबाट शरणार्थीका रूपमा ढाका लगायतका विभिन्न स्थान पुगेका रोहिङ्ग्या शरणार्थीहरूलाई स्वदेश फिर्ता गराउने प्रक्रिया आगामी जनवरीदेखि शुरु हुने कुरा दोहो¥याएका छन् । मानव अधिकारवादी समूहले शरणार्थीलाई सुरक्षाका दृष्टिकोणले...
जाजरकोट, ५ पुस (रासस) : जाजरकोटमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको छ । सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो । अतिक्रमण गरिएका घरटहरा आफैँ हटाउन पटकपटक गरेको सूचना अटेर...
इनरुवा, ५ पुस (रासस) ः चौतर्फीरुपमा प्रदेशको राजधानीका लागि आन्दोलन भइरहेको बेला सुनसरी सदरमुकाम इनरुवालाई पनि प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग यहाँका बुद्धिजीवी तथा सञ्चारकर्मीले गरेका छन् । इनरुवा प्रदेश नं १ का १४ जिल्लालाई पायक पर्ने, पर्यटकीय...
जितपुर, कपिलवस्तु, ५ पुस (रासस) ः प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्याय मतदातालाई धन्यवाद दिन यतिबेला गाउँ दौडाहामा व्यस्त हुनुहुन्छ । निर्वाचन कपिलवस्तु क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएका उपाध्याय वामगठबन्धनका साझा उम्मेदवार चन्द्रपाणि खनाल...
राष्ट्रिय सभा सदस्य चयनका लागि कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विवाद टुंगोमा नपुग्दा संघीय संसद्को माथिल्लो सदनको निर्वाचन मात्र होइन, प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा र नयाँ सरकार गठनका काम नै अवरुद्ध छन् । राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय वा बहुमतीय...
नेपाल विद्युत् प्राधिकरणका जलविद्युत् आयोजना समस्यामा फसिरहेका बेला निजी क्षेत्रका परियोजना एकपछि अर्को गर्दै निर्माण सम्पन्न भइरहेका छन् । प्राधिकरणका अनुसार गत साउनदेखि हालसम्म करिब ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गत साउनयता हालसम्म साना तथा मझौला...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ । खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँवासी धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो सो बारेमा...
मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ । मेगा बैँकको आज यहाँ आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो । सभामा मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत...
नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक-एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले राससलाई जानकारी दिनुभयो । पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर...
नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा झन्डै दुई तिहाइ नजिक सिट ल्याएको छ । वामपन्थी दलहरुले यति धेरै संसदीय शक्ति आर्जन गर्नुमा राजनीतिक स्थिरता, आर्थिक समृद्धि र दुई दलबीचको एकताको नाराले काम गरेको थियो । चुनावी नारालाई...











