गृहपृष्ठ उपनिर्वाचन २०७६ : स्थानीय तहका लागि मनोनयनपत्र दर्ता आज (विज्ञप्ति सहित)
उपनिर्वाचन २०७६ : स्थानीय तहका लागि मनोनयनपत्र दर्ता आज (विज्ञप्ति सहित)
स्थानीय तहको रिक्त पदमा हुने उपनिर्वाचनका लागि (आज) बुधबार मनोनयनपत्र दर्ता हुँदैछ।
आगामी मङ्सिर १४ गते हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह सदस्य उपनिर्वाचनका लागि मुख्य र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित स्थानीय तहको केन्द्रमा यही कार्तिकक २० गते स्थापना भइसकेको छ।
अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुख पदका उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा हुनुपर्नेछ ।
स्थानीय तहको अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुखका लागि १५ सय र वडाध्यक्षका लागि एक हजार धरौटी तोकिएको छ।
उपमहानगरपालिकाको प्रमुखका लागि रु पाँच लाख ५० हजार, वडाध्यक्षका लागि रु दुई लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षका लागि रु दुई लाख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि रु तीन लाख ५० हजार र वडाध्यक्षका लागि रु एक लाख ५० हजार प्रचारप्रसारको खर्चसीमा निर्धारण गरिएको छ।
प्रकाशित समय ०८:२० बजे


















