गृहपृष्ठ लैंगिकमैत्री उपमहानगर बनाउन अभिमुखीकरण

लैंगिकमैत्री उपमहानगर बनाउन अभिमुखीकरण

धनगढीलाई लैंगिकमैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले जनप्रतिनिधि र सरोकारवालाका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । उपमहानगरपालिकाद्वारा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैंगिक विभेद न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताइन् ।

लिंगकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि विभेद हुने भएकाले न्यूनीकरणका लागि सबै पक्षको सामूहिक प्रयासको खाँचो उनले औँल्याइन् । उपमहानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपान कक्ष र अपांगता सेवा कक्ष निर्माण गरिएको जनाएको छ । (रासस)

प्रकाशित समय ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु