गृहपृष्ठ जनप्रतिनिधिलाई हतोत्साही गर्न बम विस्फोट गराइयो : रेणु दाहाल
जनप्रतिनिधिलाई हतोत्साही गर्न बम विस्फोट गराइयो : रेणु दाहाल
विराटनगर महानगरमा भएको बम विस्फोटको भरतपुर महानगरद्वारा निन्दा गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै भरतपुर महानगर प्रमुख रेणु दाहालले बम विस्फोटको घटनाले आफूलाई गम्भीर बनाएको उल्लेख गरेकी छिन् ।
‘विराटनगर महानगरपालिकाको कार्यालयमा जनधनको क्षति पुर्याउने उद्देश्यले गरिएको कायरतापूर्ण बम विस्फोटको घटनाले भरतपुर महानगरपालिकालाई गम्भीर तुल्याएको छ,’ दाहालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सांघातिक, मानवता विरोधी बम विस्फोटको घटनाको भरतपुर महानगरपालिका घोर भ्रत्र्सना गर्दछ ।’
प्रमुख दाहालले घटनाका दोषीलाई ‘तत्काल कानुनी कारवाही गर्न’ समेत सरकारसँग माग गरेकी छिन् । उनले कर्तव्यनिष्ठ जनप्रतिनिधिलाई हतोत्साही गर्ने गरी विस्फोट गराइएको भन्दै विराटनगर महानगर प्रमुख भिम पराजुलीलगायत सबै जनप्रतिनिधिलाई उच्च मनोवलका साथ जनसेवामा जुट्नसमेत आग्रह गरेकी छिन् ।

प्रकाशित समय १९:४२ बजे

















