गृहपृष्ठ गोदावरीमा बन्नेभयो बहु उद्देश्यीय रंगशाला

गोदावरीमा बन्नेभयो बहु उद्देश्यीय रंगशाला

godawari-newskarobar

 

गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहु उद्देश्यीय रंगशाला निर्माण सुरु भएको छ । गत वर्षदेखि रंगशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।

रंगाशाला निर्माणले यस क्षेत्रमा खेलकूदको विकास गर्न सहयोग पुग्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, ‘रङ्गशालाको निर्माणले विशेष गरेर युवालाई फाइदा पुग्नेछ ।’ रंगशाला पूर्णरुपमा सम्पन्न नहुँदा पनि खेल्न मिल्ने अवस्थाको बनेपछि खुला हुने उनले बताए ।

नगरपालिकाले रंगशाला निर्माणका लागि गत वर्ष ४० लाख र यस वर्ष एक करोड बजेट छु्ट्याएको छ । छिट्टै अखिल नेपाल फूटबल संघसँग रङ्गशाला निर्माण र सञ्चालनका लागि सम्झौता गरिने प्रमुख महर्जनले बताए ।

‘अहिले वर्षाका कारण रङ्गशाला निर्माण बीचैमा रोकिएको छ,’ उनी भन्छन्, ‘एक/दुई सातापछि नै फेरि शुरु हुनेछ ।’ आगामी तीन वर्षभित्र रंगशाला बनाउने लक्ष्य नगरपालिकाले लिएको छ । पहिले ढुंगाखानी सञ्चालन भएको स्थानमा अहिले रंगशाला निर्माण हुँदैछ ।

 

रासस

प्रकाशित समय १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु