गृहपृष्ठ अनाथ बालबालिकालाई गाउँपालिकाको सहयोग
अनाथ बालबालिकालाई गाउँपालिकाको सहयोग
डोटीको सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाइ खर्चस्वरुप प्रतिमहिना १५ सय रुपैयाँ दिने भएको छ ।
गाउँपालिकाले गरेको उक्त निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने भएका छन् । गाउँपालिकाभरका अथान बालबालिकाको तथ्यांक संकलन भइरहेको उपाध्यक्ष विष्ना सिंहले जानकारी दिइन् । भत्ताबाट आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाइमा सहयोग पुग्ने गाउँपालिकाले अपेक्षा गरेको छ ।
गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । सो अनुसार ६० वर्ष पुगेका गैरदलित र ५० वर्ष पूरा भएका दलित एकल पुरुषलाई प्रतिमहिना ५ सय भत्ता दिने दिइने भएको छ ।
एकल महिला मात्र नभई एकल पुरुषलाई पनि समस्या हुने भएकाले भत्ता उपलब्ध गराउन लागिएको र यस्तो निर्णय गर्ने यो गाउँपालिका पहिलो भएको अध्यक्ष तेजबहादुर डुम्रेको दाबी छ । (रासस)
प्रकाशित समय ०९:०७ बजे

















