गृहपृष्ठ राजश्व छली गर्ने दुई पक्राउ
राजश्व छली गर्ने दुई पक्राउ
सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई जना पक्राउ परेका छन् ।
को१च ५०४ नम्बरको बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरी बुधबार पक्राउ परेका हुन् । उनिहरुलाई पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र फूँयालले जानकारी दिए ।
उक्त गाडीमा उमंग, गोर्खा बियर, रुसलान भोड्कासहित १५ प्रकारका मदिरा थिए । (रासस)
प्रकाशित समय ०८:१९ बजे

















