गृहपृष्ठ लोकसेवामा आवेदन गर्न ७ दिन समय थप
लोकसेवामा आवेदन गर्न ७ दिन समय थप
लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदको पदपूर्तिका लागि खुलाएको विज्ञापनमा आवदेन गर्न ७ दिन समय थप गरेको छ । आयोगले आज सूचना प्रकाशित गरी सर्भरमा समस्या आएकाले धेरै परीक्षार्थीले फाराम भर्न नपाएको गुनासोलाई मध्यनजर गरी समय थपिएको जनाएको हो ।
लोकसेवा आयोगले जेठ १५ गते ५१५ स्थानीय तहका लागि ९ हजार १६१ पदका लागि आवेदन खुला गरेको थियो । विज्ञापनमा अनलाइन आवेदन दिने उम्मेदवारको संख्या जेठ ३ गतेपछि अत्यधिक भएकाले आयोगको सर्भरमा दबाब पर्न गई अपलोड गर्न नसकिएको व्यहोरासहित निवेदन परेकाले दरखास्त दिने अवधि जेठ १० गतेसम्म तथा दोब्बर दस्तुर तिर्ने अवधि जेठ १७ गतेसम्म कायम गरिएको आयोगले जनाएको छ ।
प्रकाशित समय १६:३२ बजे


















