गृहपृष्ठ प्रदेश २

मानो रोपेर मुरी फलाउने दिन गए
मानो रोपेर मुरी फलाउने दिन गए

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा पर्सा, बारा र रौतहटका किसानले सिँचाइ अभावमा हालसम्म धानको बीऊ राख्न पाएका छैनन् । बीऊ राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने किसानको इच्छा यसपालि अधुरै रहने भएको छ । ‘गण्डक नहरमा पानी नछाड्दा...

चारजना मरिच तस्कर थुनामा
चारजना मरिच तस्कर थुनामा

राजश्व अनुसन्धान विभाग काठमाडौंले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ । अन्य एक व्यापारीलाई काठमाडौं लगिएको छ । गत जेठ २१ गते प्रहरीले वीरगञ्ज भन्सार नाकाबाट १२ टन २ सय किलो मरिच भारततर्फ तस्करी गर्न लैजाने क्रममा...

एघार उद्योगमा शिलबन्दी
एघार उद्योगमा शिलबन्दी

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ । प्रदेश नं २ को आठ जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, हेटौँडा...

पप्पु कन्स्ट्रक्सनसँग संलग्न छैन : सांसद रौनियार
पप्पु कन्स्ट्रक्सनसँग संलग्न छैन : सांसद रौनियार

संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियारले आफू एक वर्षदेखि पप्पु कन्स्ट्रक्सन प्रालिसँग संलग्न नरहेको बताएका छन् । उनले सो संस्थासँग नाम जोडेर नियोजित रुपमा चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै आपत्तिसमेत जनाएका छन् । मंगलबार पत्रकार सम्मलेन गर्दै सांसद...

३८ किलो सुन प्रकरण : एसएसपी दिवेश लोहनीसहित ११ अभियुक्त पुगे उच्च अदालत
३८ किलो सुन प्रकरण : एसएसपी दिवेश लोहनीसहित ११ अभियुक्त पुगे उच्च अदालत

झण्डै ३८ सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चार प्रहरी अधिकारीसहित ११ जनाले उच्च अदालतमा निवेदन दर्ता गराएका छन् । जिल्ला अदालत मोरङको आदेशविरुद्ध सोमबार उनीहरु उच्च अदालत पुगेका हुन् । जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका...

प्रदेश २ सरकारलाई १३ विधेयक मस्यौदा हस्तान्तरण
प्रदेश २ सरकारलाई १३ विधेयक मस्यौदा हस्तान्तरण

विधेयक मस्यौदा सहजीकरण समितिले १३ वटा विधेयकको मस्यौदा तयार गरी प्रदेश २ सरकारलाई हस्तान्तरण गरेको छ । विधेयक निर्माण समितिका संयोजक तथा प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई सोमबार विधेयकको मस्यौदा हस्तान्तरण गरेका छन् । यसअघि...

चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते
चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते

सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवकी ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । घरदेखि टाढा खेतमा मुगको दाल...

प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : राउत
प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : राउत

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी ऐन बनाउन लागेकाे बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को विस्तारित बैठकको वीरगञ्जमा उद्घाटन गर्दै उनले प्रस्तावित उक्त ऐनमा ५० प्रतिशत महिला प्रहरी रहने व्यवस्था गरिने जानकारी...

आन्दोलनका कारण डेढ महिनादेखि जानकी मेडिकल कलेज ठप्प
आन्दोलनका कारण डेढ महिनादेखि जानकी मेडिकल कलेज ठप्प

तराई मधेसको एकमात्र जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी र विद्यार्थीले तलब माग गर्दै आन्दोलन चर्काएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित रमदैया भवाडीमा रहेको कलेजमा कार्यरत करिब चार सय कर्मचारीले १५ महिनादेखिको तलब भत्ता माग गर्दै आन्दोलन चर्काएका हुन् ।...

उखु बेचेको पैसा नपाएपछि सात जिल्लाका २५ हजार कृषक आन्दोलित
उखु बेचेको पैसा नपाएपछि सात जिल्लाका २५ हजार कृषक आन्दोलित

देशको सबैभन्दा ठूलो चिनी मिल एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजविरुद्ध कृषक आन्दोलित भएको एक महिना बितिसकेको छ । तर, ६ महिनाअघि कृषकबाट उखु किनेको पैसा तिर्न मिल प्रशासनले कुनै चासो देखाएको छैन । उखु क्रसिङ भएको ६ महिनासम्म पनि भुक्तानी...