गृहपृष्ठ यस्तो पनि
रुसमा एकजना सुतिरहेको महिलाको मुखबाट सर्प छिरेको छ । रुसी सञ्चारमाध्यममा उल्लेख भएअनुसार रुसको दागेस्तानमा पर्ने लेभासी गाउँकी ती महिला बगैँचामा सुतिरहेका बेला मुखबाट सर्प छिरेको हो । चार फिटको सर्प मुखबाट छिरेपछि उनी अत्तालिएर ब्युँझिन्छिन् । त्यसपछि आफन्तले तत्कालै...
भारतको मध्य प्रदेशको बैतुल जिल्लामा एक चोरले भगवानका नाममा चिठी लेखेर दानपेटीबाट नगर चोरी गरेको पाइएको छ । चोरले सिद्धेश्वर हनुमानजीको मूर्तिअगाडि चिट्ठी राखेर मन्दिरको दानपेटी फुटाएको र नगद झिकेको पाइएको हो । बिहान श्रद्धालुहरू मन्दिर पुग्दा दानपेटिका फुटेको देखेपछि...
भारतको वडोदरामा रहेको एसएसजी अस्पतालको भेन्टिलेटरमा आगलागी भएको छ । मंगलबार साति १० बजेतिर भेन्टिलेटरमा आगलागी भएको हो । अस्पतालमा रहेको कोभिड–१९ वार्डको भेन्टिलेटरमा आगो लागेपछि अशक्त भएर शय्यामा लडिरहेका रोगीहरू ज्यान बचाउन हतारहतार उठेर भागेका थिए । अस्पतालका कर्मचारीले...
यदि तपाईं सानो, हलुका र जतासुकै बोकेर हिँड्न मिल्ने कम्प्युटरको खोजीमा हुनुहुन्छ भने तपाईंका लागि नयाँ विकल्प आएको छ । चीनको एक्सीवाई नामक प्रमुख मिनी पीसी ब्रान्डले एमवनके (M1K) नामक नयाँ सानो पीसी स्टिक बजारमा ल्याएको छ । हामीले हालैका...
चीनको जिलिन प्रान्तस्थित हुनचुनको एक सडकमा बाघसँग ट्याक्सी चालकको जम्काभेट भएको छ । ट्याक्सी गुडाइरहेका बेला सडकमा बाघ देखेपछि उनले ट्याक्सी रोकेका थिए । उनले ट्याक्सी रोकिरहे, बाघ सडकमा बसिरह्यो । ट्याक्सी चालकले प्रतिक्रिया जनाएनन् । बाघका अगाडि उनी करिब...
मैदानमा अभ्यास गरिरहेका बेला रुसको जिनाम्या ट्रुडा क्लबका खेलाडी इभान जाबोरोव्स्कीमाथि चट्याङ बज्रिएको छ । गोलकिपर जाबोरोव्स्कीमाथि गोलपोस्टतिर दौडिरहेका बेलामा चट्याङ बज्रिएको हो । मैदानमा एक्लै अभ्यास गरिरहेका १६ वर्षीय जाबोरोव्स्की पेनाल्टी एरियाको छेउमा आइपुग्दा चट्याङ बज्रिएको थियो । उनलाई...
हामीलाई अचम्म लाग्न सक्छ, स्विट्जरल्यान्डको सोलोथर्न सहरमा यस्तो घडी छ, जसमा कहिले पनि १२ बज्दैन । त्यहाँको टाउन स्क्वायरमा राखिएको घडीमा १२ अंक नै छैन । मुख्य कारण त्यहाँका मानिसलाई ११ नम्बरलाई विशेष प्राथमिकता दिन्छन् । सोलोथर्न सहरमा चर्च र...
भारतको पञ्जाब राज्यको मोहाली सहरका एक १५ वर्षे किशोरले पब्जी (प्लेयर्स अननोन ब्याटलग्राउन्ड) मोबाइल गेम खेल्नका लागि आफ्ना हजुरबुवाको पेटिएम खाताबाट २ लाख भारु खर्च गरेका छन् । ती किशोरले आफूले हजुरबुवाको पेन्सन रकम पब्जी मोबाइलका लागि रकम खर्च गरेको...
विश्वले झेलिरहेको कोरोनाभाइरस (कोभिड- १९) महामारीबाट नेपाल पनि अछुतो छैन । नेपालमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । सर्वसाधारण मात्र होइन स्वास्थ्यकर्मी, प्रहरी, सेना, पत्रकारदेखि अत्यावश्यक सेवामा रहेका व्यक्तिहरु समेत संक्रमित भएका छन् । दिनानुदिन हरेक क्षेत्रका व्यक्तिहरुमा संक्रमण देखिन...
तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भुलबस अर्को युद्धपोतमा ठक्कर खाँदा १९ सैनिकको ज्यान गएको छ । गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको दुर्घटनामा १५ जना घाइते भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । खाडी क्षेत्रका मुलुकबाट तेल...











