गृहपृष्ठ सरकारले तिव्र विकास चाहेको छः प्रधानमन्त्री ओली

सरकारले तिव्र विकास चाहेको छः प्रधानमन्त्री ओली

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तिव्र विकास गर्न चाहेको बताएका छन् ।
प्रदेश २का सांसदहरुको सर्वदलीय डेलिगेसनलाई बालुवटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले देशको विकासका लागि हिमाल पहाड तराइका जनता एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए ।
‘विकासका लागि अरुको मुख ताक्ने र दोष अरुलाई दिएर आफू उम्कने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘विकाशका लागि आफैं अग्रसर हुनुपर्छ । अरुको मुख ताकेर पनि हुदैन ।’
तराइको ठुलो जनसंख्या विदेशमा गएर काम गरिरहेकोले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । सरकार देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शान्ती सुव्यवस्था कायम गर्न लागि परेको उनले बताए ।
प्रधानमन्त्री ओलीले देशमा कृषिबाट क्रान्ती सम्भव हुने भन्दै हरेक प्रदेशमा विशेष जोनहरु स्थापना गर्नुपर्ने बताए । देशमा प्रशासनिक खर्च धेरै भएर विकाशमा केही कठिनाइ भएको उनको बुझाई छ ।
सांसदहरुले प्रदेश नं २ मा कृषि तथा सिंचाइ, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।
यसैगरी शिक्षा तथा खेलकुद, महिला हिंसा, जनता आवास कार्यक्रम, अन्तराष्ट्रिय स्तरको सभाहल तथा प्रधानमन्त्रीसंग तराइ मधेस बिशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

प्रकाशित समय ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु