गृहपृष्ठ प्रदेश ४ः अागामी वर्षकाे बजेट २० अर्वकाे बनाउने निर्णाय

प्रदेश ४ः अागामी वर्षकाे बजेट २० अर्वकाे बनाउने निर्णाय

सांकेतिक तस्बिर

पोखरा- प्रदेश ४ को मन्त्रिपरिषद् बैठकले आगामी वर्षको लागि २० अर्वको बजेट ल्याउने तयारी गरेको छ ।
मन्त्रीपरिषदले आगामी वर्षका लागि २० अर्वमध्ये १३ अर्ब ३५ करोड वित्तिय समानिकरण अनुसादान र बााकी करिवब ७ अर्व राजश्व र अन्य शीर्षकबाट संघीय सरकारबाट प्रदेशमा प्राप्त हुने प्रवक्त रामशरण बस्नेतले जानकारी दिए ।
प्रदेश मन्त्रीपरिषद बैठकले गोरखाको धार्चे गाँउपालिकाको केन्द्र सार्ने निर्णय सदर गदै संघीय सरकारलाई लेखी पठाउने निर्णय समेत गरेको छ । गाउँपालिकाकोे हाल हुम्दी ५ मा रहेको केन्द्र सोही वडाको माछेखोलामा सार्न गरेको निर्णय सदर गरेको छ । कास्कीको माछापुच्छ्र्रे गाउँपालिकाको २ वडाको सिमाना हेरफेर गर्ने निर्णय सदर गरेको छ ।
प्रदेश सरकारको आर्थिक कार्यविधि नबनेसम्मका लागि केन्द्रले बनाएको आर्थिक कार्यविधि अनुसार काम गर्ने निर्णयसमेत गरेको छ । बैठकले प्रदेश खोप ऐन बनाउन सामाजिक विकास मन्त्रालयलाई स्वीकृति दिएको छ ।
मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र रहेका प्राकृतिक स्रोेतसाधन दोहनको तथ्यांक संकलन र रोक्नका लागि गर्नुपर्ने कामका लागि गठन भएको समितिको प्रतिवेदन बैठकमा पेश भएको जनाएको छ ।

प्रकाशित समय ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु