गृहपृष्ठ बीओके र गुराँस लाइफबिच बैंकासुरेन्स सम्झौता

बीओके र गुराँस लाइफबिच बैंकासुरेन्स सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक सरेज बुढाथोकी छेत्रीले हस्ताक्षर गरेका छन् ।
यस सेवाअन्तर्गत बैंकका सम्पूर्ण ग्राहक वर्गहरूले बैंकका ७९ शाखाबाट जीवन बिमा सुलभ र सहज रूपले उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु