गृहपृष्ठ काभ्रे पोखरा मिलन समाजको वार्षिकोत्सव

काभ्रे पोखरा मिलन समाजको वार्षिकोत्सव

काठमाडौं- काभ्रे पोखरा मिलन समाजको १८औं वार्षिकोत्सबको अवसरमा समाजले बुधवार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका प्रमुख आतिथी सिद्धिबक्स गण फुलवारी पोखराका गणपति प्रमुखसेनानी मदन थापा क्षेत्रीले पहिलो रक्तदाता समाजका पूर्व अध्यक्ष अर्जुन बञ्जारालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उदघाटन गरेका हुन । उक्त रक्तदान कार्यक्रममा २८ जना रक्तदाताहरूले रक्तदान गरेका थिए ।
समाजका अध्यक्ष सुदर्शन न्हुछे प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका पुर्व अध्यक्ष अर्जुन बन्जारा, समाजका पुर्व अध्यक्ष तथा मुनाल सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाई, समाजका आजिवन सदस्य तथा इन्सेक पोखराका प्रमुख शिव खकुरेल, विशिस्ठ अतिथी डा. बालगोपाल कर्माचार्य , अतिथिहरू डा. कृष्ण गोपाल श्रेष्ठ, अन्तरसमाज महासघका अध्यक्ष दीपेन्द्र राई, भिमसेन दाहाल प्रतिस्ठानकी अध्यक्ष सबिता पौडेल, कार्यक्रम संयोजक कालिप्रसाद मैनाली, प्रथम उपाध्यक्ष रमेश घिमिरे, द्धितिय उपाध्यक्ष अनिल श्रेष्ठ लगायतले आ–आफ्ना धारणा राखेको पनि बिज्ञप्तिमा उललेख छ ।

प्रकाशित समय १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु