गृहपृष्ठ स्याकारको ग्राजिया स्कुटर बजारमा

स्याकारको ग्राजिया स्कुटर बजारमा

काठमाडौं- नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनिले नयाँ होण्डा ग्राजिया नेपाली बजारमा ल्याएको हो ।
शहरी डिजाइनमा आधारित होण्डा ग्राजियामा आकर्षक र स्टाईलिस लुक रहेको छ । यस्ले आधुनिक स्कुटरहरूलाई पूर्णरूपमा रि-डिफाइन गरेको बिज्ञप्तिमा उल्लेख छ । लिड हेडल्याम्प युक्त यस स्कुटरमा १२५ सिसि ईन्जिन रहेको छ ।
होण्डा इको टेक्नोलोजीको प्रयोगका कारण यस स्कुटरमा बढी माइलेज र पावर हुनुका साथै १९० एमएम फ्रन्ट डिस्क ब्रेक भएकाले यसलाई आवश्यक समयमा रोक्न सजिलो हुनेछ । यस्को अगाडि अवस्थित स्मार्ट सिट ओपेनिङ स्विच रहेको छ ।

प्रकाशित समय ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु