गृहपृष्ठ मिटरमा नचल्ने ट्याक्सीलार्इ कारबाही गरिने

मिटरमा नचल्ने ट्याक्सीलार्इ कारबाही गरिने

काठमाडौं– यातायात क्षेत्रको सिन्डिकेट र ३३ किलो सुन काण्ड प्रकरणमा कडारूपमा प्रस्तुत भएका गृहमन्त्री रामबहादुर थापा बादलले अब ट्राफिक नियम कार्यान्वयनमा कडाइ गर्ने भएका छन् । त्यसका लागि उनले ट्राफिक नियम कार्यान्वयनमा कडाइ गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रीको निर्देशनसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारदेखि माइक्रो र टेम्पोमा सिट संख्याभन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई कडाइपूर्वक लागू गर्ने भएको छ । त्यस्तै, आइतबारदेखि मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटर जडान नगरेका ट्याक्सीलाई समेत ट्राफिकले कारबाही गर्ने भएको छ ।

ट्राफिक महाशाखाले जरिवाना कम भएका कारण सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढेको गुनासो गरेपछि गृहमन्त्री थापाले आवश्यकताअनुसार जरिवाना शुल्क बढाउन निर्देशन दिएका छन् । हाल ट्राफिक जरिवाना पाँच सयदेखि एक हजार रुपैयाँसम्म छ । गृहमन्त्रीको निर्देशनसँगै यातायात व्यवस्था विभागले जरिवाना बढाएर तीन हजारदेखि पाँच हजारसम्म पुर्‍याउने प्रक्रिया सुरु गरेको छ ।

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु