गृहपृष्ठ शान्ती आत्महत्याको छानबिन गर्न परिवारजनको माग

शान्ती आत्महत्याको छानबिन गर्न परिवारजनको माग

पाल्पाः पाल्पा तानसेन नगरपालिका भगवति टोल निवासी ६५ वर्षिया शान्ती दर्नालको आत्महत्याको छानबिन गर्न माइति पक्षले माग गरेका छन् । उनले बैशाख २९ गते पाल्पा राम्दीको पिपलडाँडामा खनीयाको रुखमा झुण्डीएर आत्महत्या गरेको घरपरीवारले जनाएको छ ।
अनुहारमा चोटपटक तथा आखाँ फुटेको, हातमा कोतारीएको र मुखमा ठुलो दाग देखिएको भन्दै आत्महत्या नभएको माईतीपक्षले बताएको छ । घटना लगत्तै जेठ १ गते माईतीपक्षको टोलीले जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी समेत गरीसकेको छ । माईतिपक्षले महिला हिसांको घटना भएको बताउँदै शब जलाउन हतार गर्नुले आशंकीत भएको भन्दै जाहेरी गरेको बताए ।
परिवारजनले आत्महत्याको खबर पु¥याएपनि माईतीपक्षलाई शब समेत हेर्न नदिईएको मृतकका भाई सन्तोष कुमार नेपाली र तिर्थ बहादुर नेपालीले बताए । स्व. दर्नालाको उचाई भन्दा सानो उचाईको रुखमा झुण्डाईएको मृतकका भाई नेपालीले बताए ।
सत्यतथ्य घटनाको छानबिन गरीनुपर्ने माग गर्दै कोही दोषि भए उम्कन नपाओस भन्दै अनुसन्धान जारी राख्न माग समेत गरेका छन् ।
डिप्रेसनको कारणले आत्महत्या गरेको परिवारजनले बताएको छ । तर मृतक दर्नाललाई कुनै मानसिक तनाव नभएको र कुनै औषधि सेवन नगरेको माईतीपक्षले दाबि गरेको छ ।
मुखभरि घाउ चोट लागेको महिलाले आत्महत्या कसरी गर्न सक्छन भन्ने शंकाको बिषय बनेको छ । अस्पताल घेराभित्र पनि माईती पक्षलाई छिर्न नदिएको र अस्पतालको पछाडिको ढोकाबाट लैजाँदा दोहोरो झडप समेत भएको माईतीपक्षले बताएको छ ।
आत्महत्याको बारेमा छिमेकीहरुलाई थाहा नभएको र परिवारमा ३–४ दिन देखि झगडा भईरहेको छिमेकीहरुले बताए । मृतकका श्रीमान, ३ छोरा र ३ बुहारी छन ।

प्रकाशित समय ०७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु