गृहपृष्ठ मास्टरकार्डको मुख्य सदस्यमा सिद्धार्थ बैंक छनाैट
मास्टरकार्डको मुख्य सदस्यमा सिद्धार्थ बैंक छनाैट
काठमाडौं- अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कार्डमा आधारित भुक्तानी सेवाप्रदायक कम्पनी मास्टर कार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यको रुपमा सिद्धार्थ बैंकलाई छनाैट गरेको छ । मास्टरकार्डको मुख्य सदस्य भएसँगै अब नेपालमा मास्टर कार्डअन्तर्गतका कार्ड सञ्चालनका लागि अन्य वित्तीय संस्थाले पनि सिद्धार्थ बैंकसँग आबद्ध हुनुपर्ने भएको छ ।
बुधबार काठमाडौंमा मास्टर कार्ड र बैंकबीच मुख्य सदस्यतासम्बन्धी सम्झौता आदान प्रदान भएको हो । मास्टर कार्डको मुख्य सदस्य भएसँगै अब नेपालमा मास्टर कार्डअन्तर्गतका कार्डहरु सञ्चालनका लागि अन्य वित्तीय संस्थाहरुले पनि सिद्धार्थ बैंकसँग आबद्ध भएरमात्र काम गर्न सक्नेछन् ।
यो सदस्यता प्राप्त गरेसँगै बैंकले प्रदान गर्दै आएको कार्ड सेवा अझै विस्तारित हुनेछ र ग्राहकहरुले मास्टर कार्डअन्तर्गतका विभिन्न डेबिट तथा क्रेडिट एवं प्रिपेड कार्डबाट अझ बढी गुणस्तरीय र प्रभावकारी रुपमा कारोबार गर्न सक्ने बैंकको विश्वास छ ।
बैंकले निकट भविष्यमा नै मास्टर कार्डले प्रदान गर्ने विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्यले मास्टर कार्ड डेबिट बजारमा ल्याउँदैछ ।
प्रकाशित समय १८:०३ बजे

















