गृहपृष्ठ बुटवल उवासंघको २५ औ सभाः चाक्लाबन्दी र प्रविधिमा सुधार गरेमा कायापलट

बुटवल उवासंघको २५ औ सभाः चाक्लाबन्दी र प्रविधिमा सुधार गरेमा कायापलट

बुटवल- नेपाल उद्योग बाणिज्य संघका जिल्ला–नगर उपाध्यक्ष किशोर प्रधानले अवको बाटो भनेको कृषि क्षेत्रमा लगानी गरी समृद्धि हासिल गर्ने बेला आएको बताएका छन् । सोमबार बुटवल उद्योग बाणिज्य संघ बुटवलको २५ औ सल्लाहकार सभालाई बुटवलमा सम्बोधन गर्दै उपाध्यक्ष प्रधानले चाक्लाबन्दी र कृषि प्रविधीमा सुधार गरेर कायापलट गर्न सकिने बताएका हुन ।
छोटो तहको विकास योजनाभन्दा दिर्घकालिन योजना निर्माण गरी दिगो विकासका आगडी बढ्नु पर्ने बताएका हुन । उनले भने, ‘कम्तीमा पनि ८ बर्षको योजना बनाई विकासका कार्यक्रम अगाडी बढाउनुपर्ने बेला आएको छ, जस तर्फ ध्यान दिनको लागि म उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दछु ।’
अवको मिसन भनेको आर्थिक समृृद्धि भएको भन्दै उनले सरकारले ल्याएको आर्थिक समृद्धिको बाटो राम्रो भएपनि दिर्घकालिन सोचका साथ आउनुपर्ने धारणा राखे । नेपालमा हाल पनि फुल तथा तरकारी, खाद्यान्न विदेशबाट ठुलो मात्रामा आयात हुने गरेको बताउदै आयात प्रतिष्थापनको लागि सरकारले निश्चित योजना बनाउनुपर्ने बताएका हुन ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले सरकारले करको दरभन्दा पनि दायरा फराकिलो पार्नुपर्नेमा जोड दिए । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले कार्यक्रममा बोल्दै प्रदेशको राजधानी बुटवल नै स्थायी बनाउनको लागि महासंघले पहल थालनी गर्नुपर्नेमा जोड दिएका थिए ।
आफ्नो कार्यकाल सुरु भएपछि प्रांगारिक कृषि मेला, विभिन्न रोजगारमुलक, सिपमुलक तालिम सञ्चालन गरेको उनले जानकारी गराए । यस्तै पुर्व अध्यक्ष अर्जुनमान सैजु, हिरा प्रसाद श्रेष्ठ, उपाध्यक्ष उज्जवल कसजु, महासचिव दिनेश कुमार श्रेष्ठ लगायतले बोलेका थिए । यस्तै कार्यक्रममा कृषि पत्रकार समाज रुपन्देहीका अध्यक्ष कृष्ण खनाललाई प्रांगारिक कृषि मेलामा प्रसार प्रसारमा उत्कृष्ठ भुमिका खेलेको भन्दै नगद सहित सम्मान गरिएको थियो ।

प्रकाशित समय ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु