गृहपृष्ठ मोबाइल बैकिङ प्रयोगकर्तालाई पुर्णिमा बैंकको उपहार

मोबाइल बैकिङ प्रयोगकर्तालाई पुर्णिमा बैंकको उपहार

बुटवल- पूर्णिमा विकास वैंक लिमिटेडकोे ११औं वार्षिक उत्सवको अवसरमा आधुनिक बैंकिङ सेवाको प्रयोगलाई उत्प्रेरित गर्नको लागि एफ १ सफ्ट ईन्टरनेशनलको सहकार्यमा ५ जना मोवाईल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई सामसुङ्ग ग्यालेक्सी जे २ मोबाईल उपहार दिएको छ । ५ जना भाग्यशाली ग्राहकहरुमा सन्तोष ज्ञवाली, लक्ष्मी बस्नेत, सेराजुद्यिन मिया, बावुराम गौतम, स्वस्तीका खनाल रहेका छन् ।
बैंकले जेठ १ गते देखि जेठ ७ गते सम्म विभिन्न कार्यक्रम सम्पन्न गरी मनायो । उक्त अवधिमा बैंकले मुस्कान सहितको बैकिङ सेवाको सुरुवात गदैं जनता मा.वि हकुइ, परासि र सुर्यपुरा उच्च मा.वि मा निशुल्क बाल आँखा शिविर सम्पन्न गरेको छ ।
त्यस्तै वैंकले पर्यावरण संरक्षको तथा वित्तिय साक्षरताको लागि केन्द्रिय कार्यलयबाट भैरहवा नगर परिक्रम गरी रोहिनी गाउपालिका ३, स्थित शाखा कार्यलय धकधई सम्म साइकल ¥याली आयोजना गरेको थियो । साथै वैंकका शाखा कार्यलय नारायणघाट, वडेरा, धकधई, ड्र«ाइभर टोल, पर्सा, मुर्गिया, बुटवल, भलवारीले नजिकका सरकारी विद्यालयमा वित्तिय साक्षरता लागि कार्यक्रम गरी विभिन्न स्टेसनरी सामाग्री तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती समेत प्रदान गरेको थियो ।
एफ १ सफ्ट ईन्टरनेशनलका प्रतिनिधि कमल सापकोटाले बैंकले दिदैं आएको आधुनिक र्वैकिङ सेवा निकै प्रभावकारी रहेको र आगामी दिनमा पनि वैंकसंग सहकार्य गर्दै यस्तै उपहारहरुको ब्यवस्था गर्ने जानकारी दिए । उक्त कायक्रमको मुख्य उद्धेश्य वित्तिय साक्षरतालाई बढवा दिदैंं आधुनिक तथा डिजिटल पेमेन्टमा बैकिङ सेवाको वारेमा जनमानसमा सूसूचित गराउदैं सोबाट हुने लाभहरुको वारेमा जानकारी गराउनु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गरुङले जानकारी दिए ।

प्रकाशित समय ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु