गृहपृष्ठ पोखरभिण्डीमा स्वास्थ्य शिविर

पोखरभिण्डीमा स्वास्थ्य शिविर

भैरहवा- रोहिणी गाउपालिका र युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवाको संयुक्त आयोजनामा पोखरभिण्डीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुँदैछ । स्थानिय पोखरभिण्डी माविमा हुने स्वास्थ्य शिविरमा रोहिणी गाउपालिकाका बासीन्दा लक्षित गरिएकाे छ ।

शिविरमा सामान्य चिकित्सा बिभाग अन्तर्गत उपचार उक्तचाप, मधुमेह, क्षयरोग, मुटुरोग, वाकवाकी लाग्ने, ज्वरो आउने, पखाला, रुघाखोकी आदिको परिक्षण हुने युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजका प्रशासन संयोजक तेज केसीले जानकारी दिए । यसै गरि शिविरमा हाड तथा नशा रोग, कम्मर दुख्ने, महिला तथा प्रसुति रोग, दाँत सम्बन्धि समस्याको उपचार हुने भएकोले मौकाको फाईदा उठाउन अस्पतालले आव्हान गरेको छ ।

शिविरमा आएका बिरामीहरुका लागी मेडिकलले अस्पतालमा थप उपचारका लागी आउने बिरामीहरुका लागी सुविधा समेत दिइने अायाेजकले जनाएका छन् । प्रशासन संयोजक केसीका अनुसार जेठ मसान्त सम्मका लागी शिविरमा सहभागी बिरामीका लागी निशुल्क जनरल बेड तथा रजिष्ट्रेशन उपलब्ध गराउने छ । यसै गरि शिविरमा सहभागी बिरामीहरुले अस्पतालबाट प्रदान हुने अन्य सुविधाहरुमा पनि सहुलियत पाउने छन ।

शिविरमा शिक्षण अस्पतालकी मेडिकल सुपरिडेन्टेन्ट डाक्टर लक्ष्मी पाठकको नेतृत्वमा दक्ष चिकित्सकको टोली सहभागी हुनेछ । जसमा जनरल फिजिशियन डाक्टर निरज जयसवाल, बालरोग बिशेषज्ञ डाक्टर राजु काफ्ले, छाला तथा यौन रोग बिशेषज्ञ चन्द्रमोहन साह, हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ बिपिन श्रेष्ठ, महिला तथा प्रसुति रोग बिशेषज्ञ चन्द्रिमा कार्की लगायत रहने छन । टोलीले रोहिणी गाउपालिकामा रहेका बिपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरि शिविर आयोजना गरेको हो । शिविरबाट गाउपालिकाका करिब २ हजार भन्दा बढी स्थानियहरु लाभान्वित हुने रोहिणी गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डेले बताए । शिविरमा स्वास्थ्य परिक्षण लगायतको बिषयमा जनचेतना फैलाउन करुण च्यारिटवल सोसाईटी द्धारा सडक नाटक पनि देखाईने छ ।
शिविरकै अवसर पारेर युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवाले रोहिणी २ मा रहेको भारतको सीमा भगवानपुरबाट अस्पताल सम्म निःशुल्क बस सेवा समेत सञ्चालन गर्ने भएको छ । प्रत्येक मंगलबार उक्त बसले सो क्षेत्रमा रहेका बिरामीहरुलाई अस्पतालमा पुरयाई उपचार पछि उनिहरुलाई सोही स्थानमा फिर्ता समेत ल्याउने वडा अध्यक्ष पाण्डेले बताए ।

प्रकाशित समय ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु