गृहपृष्ठ कालीगण्डकीमा पाैडी खेल्दा दुई युवा बेपत्ता

कालीगण्डकीमा पाैडी खेल्दा दुई युवा बेपत्ता

पाल्पा- कालीगण्डकीमा विहीबार पाैडी खेल्नेक्रममा दुर्इ युवा वेपत्ता भएका छन् । बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् ।
त्यस्तै, उद्धार गरिएकामा सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनीहरु बिहीबार नुहाउने क्रममा बगनासकाली गाउँपालिका-६, यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।
उनका अनुसार कूलपूजा सकेर नुहाउन गएका चारजनामध्ये दुईजना बेपत्ता भएको र दुईजनाको नदीबाटै उद्धार गरिएको छ ।
उद्धार गरिएका दुई युवकको अवस्था मध्यम रहेको र उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा ल्याइएको प्रहरीले जनाएको छ । बेपत्ता भएका युवाको खोजी कार्य भइरहेको छ ।

प्रकाशित समय ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु