गृहपृष्ठ समयमा काम नसक्ने दाङका दुई निर्माण व्यवसायी पक्राउ

समयमा काम नसक्ने दाङका दुई निर्माण व्यवसायी पक्राउ

तोकिएको समयमा निर्माणको काम पूरा नगरेको भन्दै बिहिबार दुई निर्माण व्यवसायी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहका अनुसार पक्राउ पर्नेमा निर्माण व्यवसायी पदम शर्मा र प्रकाश महतरा छन् ।

शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै घोराहीबाट र महतरालाई तुलसीपुरमा सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै तुलसीपुरबाट पक्राउ गरिएको हो ।

अन्य निर्माण व्यवसायीको खोजीलाई तीव्र पारिएको छ । जिल्लामा ३५ भन्दा बढी योजना निर्माणका काममा ढिलासुस्ती भएको तथ्यांक आफूहरुले पाएको प्रहरी प्रमुख सिंहले बताउनुभयो।

रासस

प्रकाशित समय ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु