गृहपृष्ठ गोली प्रहार गरी नाै लाख लुटपाट
गोली प्रहार गरी नाै लाख लुटपाट
कैलाली– धनगढी उपहानगरपालिका–१, मेनरोडमा गोली प्रहार गरी नौ लाख रूपैयाँ लुटपाट भएको छ । आईएमईबाट पैसा लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार र लुटपाट भएको हो । घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रकम लुटेर भागेको गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १०:३४ बजे