गृहपृष्ठ खप्तडमा हनिमुन मनाउनुस्, तीन हजार पुरस्कार पाउनुस्

खप्तडमा हनिमुन मनाउनुस्, तीन हजार पुरस्कार पाउनुस्

अछाम- स्थानीय तहहरूले पर्यटक आकर्षित गर्न नयाँ-नयाँ तरिका अवलम्बन गर्न थालेका छन् । अछामको साँफेबगर नगरपालिकाले पनि पर्यटकीय क्षेत्र खप्तडमा नवविवाहित जोडिले हनिमुन मनाउन गएमा तीन हजार पुरस्कार प्रदान गर्ने योजना ल्याएको छ ।

खप्तडमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यस्तो निर्णय गरेको नगर कार्यपालिका बैठकले जनाएको छ । तर, यो पुरस्कार अछामका नागरिकलाई मात्रै प्रदान गरिने नगरपालिका कार्यालयले जनाएको छ । नवविवाहित जोडीले विवाह दर्ताको प्रतिलिपिसहित नगरपालिकामा निवदेन दिनुपर्नेछ । तीन जनाको नवविवाहित जोडी तयार भएपछि गाइडले खप्तड घुमाउन लैजानेछ । त्यस्तै, नगरपालिकाले खप्तड जाने पर्यटकको सुविधाका लागि २० जना पथप्रर्दशक तयार पारेर परिचालन गर्ने तयारी गरेको छ । साँफेबगरबाट जिपमा देविस्थान पुगेर त्यहाँबाट केही घण्टा हिँडेर खप्तड पुग्न सकिन्छ ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु