गृहपृष्ठ डोटीको बोगटानमा जिप दुर्घटनाः ४ जनाको मृत्यु

डोटीको बोगटानमा जिप दुर्घटनाः ४ जनाको मृत्यु

डोटी- डोटीको बोगटान गाउँपालिकामा सोमबार शैलेश्वरी यातायातको जिप दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
गाउपालिकाको वडा नम्वर ६ पलाडी भन्ने स्थानमा से १ ज ८७७ नम्वरको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । जिप दिपायलबाट बोगटान आउदै थियो ।
घटना स्थल तर्फ प्रहरी चौकी चवराचौताराको टोली घटनास्थलमा पुगी उद्दार गरेको प्रहरीले जनाएको छ । चवराचौताराबाट पलाडी पुग्न चार घण्टा लागेको थियो । अघिल्लो वर्ष पनी पनि सोही सडकमा जिप दुर्घटना भएको थियो ।
यता घटना लगत्तै सात नम्वर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी बोगटान गापा गगुडा पलाडीमा भएको जिप दुर्घटनाका घाइतेहरुको यथाशीघ्र उद्दारमा जुट्न डोटीका प्रमुख जिल्ला अधिकारी लाई टेलिफोन मार्फत निर्देशन दिएका थिए । साथै आवश्यक उपचार र उद्दारमा कठिनाई परे प्रदेश सरकारलाई आवश्यक सहयोग माग्न समेत उनले आग्रह गरेका थिए ।

प्रकाशित समय ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु