गृहपृष्ठ रिहा भए सुधीर बस्नेत
रिहा भए सुधीर बस्नेत
काठमाडौं– अर्बौं ठगीको मुद्दा खेपीरहेका व्यवसायी सुधीर बस्नेत धरौटीमा रिहा भएका छन् । काठमाडौंस्थित सदरखोर डिल्लीबजारमा थुनामा रहेका बस्नेत अदालतको आदेशपछि सोमबार रिहा भएका हुन् ।
प्रहरीले बस्नेतलाई २०७३ पुसमा पक्राउ गरेको थियो । त्यसयता बस्नेत सदरखोरमा रहेका थिए । अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि छुटेका बस्नेतले सर्वसाधारणको १ अर्ब ६० करोड रूपैयाँ हिनामिना गरेको आरोप छ।
प्रकाशित समय १४:१४ बजे

















