गृहपृष्ठ रुसी राष्ट्रपति पुटिन चीनमा, राष्ट्रपति सिसँग भेटवार्ता हुने

रुसी राष्ट्रपति पुटिन चीनमा, राष्ट्रपति सिसँग भेटवार्ता हुने

एजेन्सी- चिनियाँ राष्ट्रपति सि चिनफिङ र उनका रुसी समकक्षी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता हुने भएको छ ।

शुक्रबारै रुसी राष्ट्रपति पुटिन बेइजिङ पुगेका छन् । दुई नेताबीच अमेरिकासँगको कूटनीतिक सम्बन्ध र आर्थिका चुनौतिको विषयमा वार्ता हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि सो भेटवार्तामा हुने भनिएका कुराकानीका बारेमा भने केही बाहिर आएको छैन । केही समाचारहरुमा भने आगामी मङ्गलबार सिङ्गापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाको शिखर वार्ताको विषयमा सो बैठकमा कुराकानी हुने बताइएको छ ।

चौथो कार्यकालको लागि गत मार्चमा निर्वाचित पुटिन ‘ग्रेट हल अफ द पिपुल्स इन बेइजिङ्’ पुगी राष्ट्रपति सिसँग वार्ता गर्नु गर्ने बताइएकाे छ ।

पुटिनलाई राष्ट्रपति हुन पाउने कार्यअवधि भन्दा पनि बढी समयसम्म राष्ट्रपति हुन पाउने प्रावधानबमोजिमको कानुन बनाएर सो पदमा पुग्न सफल नेताको रुपमा हेरिन्छ ।

उनकाे स्वागत कार्यक्रममा दुबै राष्ट्रप्रमुखले चिनियाँ सेनाको विशेष सलामी ग्रहण गरेका थिए । साथै उनीहरूलार्इ स–साना बालबालिकाले दुवै देशका झण्डा फहराएर स्वागत गरेका थिए ।

दसकौँदेखि शक्तिमा रहन सफल यी दुई नेताबीच सम्बन्ध थप बलियो भएको छ । यी दुई देश आर्थिक रुपमा पनि सम्पन्न हुदै गएपछि अमेरिकामाथि पनि आर्थिक प्रतिद्वन्द्वीको रुपमा चुनौति थपिएको छ ।

सि र पुटिन आफ्नो देशलाई अझै सफल र बलियो बनाउन सँगसँगै हिडेका साथीको रुपमा रहेका ‘कार्नेगी मस्को सेन्टर’ का वरिष्ठ अधिकारीले बताएका छन् ।

रुसी राष्ट्रपति पुटिनले एक असल मित्रको भूमिका निभाएकाे चिनियाँ राष्ट्रपति सिले हालै दिएकाे एक अन्तर्वार्तामा बताएका थिए ।

पछिल्लो समयमा अमेरिकासँग रुसको सम्बन्धमा दरार उत्पन्न भएको छ । अमेरिकाको यस सम्बन्धका कारण पनि यी दुई देश आपसमा झनै नजिकिन पुगेका पनि समाचारहरुमा जनाइएको छ ।

-रासस/एएफपी

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु