गृहपृष्ठ सडक दुर्घटना र कोभिडले धेरै नेपालीको मृत्यु

सडक दुर्घटना र कोभिडले धेरै नेपालीको मृत्यु

Bipad_NewsKarobar

सन् २०२० मा नेपालमा विभिन्न किसिमका विपद्का घटनाबाट साढे ४ हजार नेपालीको मृत्यु भएकोमा सबैभन्दा ठूलो संख्या सडक दुर्घटना र कोभिड-१९ महामारीका कारण भएको पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०२० मा विपद्का घटनाहरूबाट ४ हजार ४९६ जनाको मृत्यु भएको थियो भने १०२ जना बेपत्ता भएका छन् ।

२०७७ चैत ११ गतेबाट नेपालमा कोभिड-१९ महामारी नफैलियोस् भनेर यात्रा प्रतिबन्धसहितको लकडाउन लगाइएको भए पनि त्यसअघिका वार्षिक औसतकै हाराहारीमा सडक दुर्घटनाबाट मृत्यु भएको पाइएको छ । सन् २०२० मा सडक दुर्घटनाबाट २ हजार ८५ जनाको मृत्यु भयो भने ५ हजार २६० जना गम्भीर रूपमा घाइते भएका थिए ।

नेपाल प्रहरीको एक तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा सडक दुर्घटनाबाट २ हजार ७७९ जानको मृत्यु भएको थियो भने ४ हजार ३७६ जना गम्भीर रूपमा घाइते भएका थिए ।

सडक दुर्घटनापछि कोभिड-१९ धेरै नेपालीको मृत्युको दोस्रो कारक बनेको तथ्यांकले देखाएको छ । सन् २०२० का कोभिड-१९ का कारण १ हजार ८५६ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

यसैगरी, पहिरोमा परी ३०३ जनाको मृत्यु भएको ६४ जना बेपत्ता भएको, बाढीमा परी ४२ को मृत्यु ३७ जना बेपत्ता भएका छन् भने चट्याङ्ग लागेर ८२ जनाको, आगलागीमा परी ५३ जनाको र सर्पले डसेर २१ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु