गृहपृष्ठ अनुगमन गरिएका अधिकांश मासु पसल अवैध रूपमा सञ्चालित

अनुगमन गरिएका अधिकांश मासु पसल अवैध रूपमा सञ्चालित

सांकेतिक तस्बिर

भक्तपुर नगरपालिकाले आइतबार च्याम्हासिंहदेखि जगाती सम्मका आठवटा मासुपसलमा अनुगमनमन गर्दा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको जनाएको छ । बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गएको टोलीले गरेको अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालित भएको पाइएको हो ।

अनुगमनका क्रममा अधिकांश मासु पसलमा खसी, कुखुरा र राँगाको मासु छुट्टाछट्टै नराखेको, मासु यत्रतत्र छरिएको, झिंगा भन्किएको, ढक तराजु दुरुस्त नराखिएको, मासुसँगै दाना राखिएको, मूल्य सूची नराखिएको र अव्यवस्थित देखिएको अनुगमन समितिका सदस्य हरिराम सुवालले जानकारी दिए । अनुगमनका क्रममा समितिले प्रदीप शाहीको मासुपसल, न्यू भक्तपुर कोल्ड स्टोर, एसएण्ड एसफ्रेस मिट शप, भक्तपुर चिकेन हाउस, केजी कोल्ड स्टोरलाई तीन दिनभित्र पसल दर्ता गर्न र ख्वप कोल्ड स्टोर तथा न्यू माँ भगवती फ्रेस मिट हाउसलाई नवीकरण गर्न निर्देशन दिएको छ ।

समितिले फुटपाथमा मासुजन्य सामान नराख्न, मासु जालीले छोप्न, सेतो एप्रोन लगाउन, मूल्यसूची राख्न, ढक तराजु नापतौल कार्यालयमा नविकरण गराउन, भित्ता सफा गर्न मिल्ने गरी कार्पेट राख्न, मासु छुट्टा छुट्टै राखेर बिक्री गर्न अनुगमन समितिले निर्देशन दिएको नगरपालिकाका स्यानिटेशन उपशाखाका वरिष्ठ निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

(रासस)

प्रकाशित समय १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु