गृहपृष्ठ सुन तस्करहरुको अनौंठो उपाय पनि लुकेन प्रहरीबाट
सुन तस्करहरुको अनौंठो उपाय पनि लुकेन प्रहरीबाट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ भारतीय पक्राउ

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो ८ सय ६० ग्राम सुनसुनसहित दुई जना पक्राउ गरेको छ । प्रहरीले शुक्रबार सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
सुन तस्करीको नयाँ उपाय अपनाएका उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएका विमानस्थल प्रहरी प्रमुख डीआईजी कमल जीटीले बताए । केरलाका जलारुद्दिन विपिनदत्त कुन्जु मोहम्मद र अर्सल चालायिलले ८–८ वटा सुनका टुक्रा मलद्वारबाट भित्र हालेका थिए । शंकास्पद व्यवहार देखेपछि सोधपुछ गर्ने क्रममा उनीहरुले सुन लुकाएर ल्याएको स्वीकार गरेका थिए । उनीहरुले लुकाएर ल्याएको सुन चिकित्सकको सहयोगमा निकालिएको छ । बरामद सुनको शुक्रबारको बजार मूल्य ९२ लाख ३६ हजार ८८४ रुपैयाँ छ ।
प्रकाशित समय २०:३१ बजे