गृहपृष्ठ सरकारको निर्णयमा राजपाको असन्तुष्टी

सरकारको निर्णयमा राजपाको असन्तुष्टी

संसदमा आवाज उठाउने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने सरकारको पछिल्लो निर्णयमा असन्तुष्टी जनाएको छ । राजपाले प्रधानमन्त्री केपी शर्मा ओली एकांकी बन्न खोजे जस्तो देखिएको टिप्पणी गरेको छ ।

‘सरकारलाई गुण र दोषका आधारमा हाम्रो सर्मथन र विरोध दुबै रहन्छ ।’ राजपाका महासचिव मनिस सुमन भन्छन्, ‘ओली जीले यो पटक बदमासी गर्नुभएको छ, हाम्रो पार्टीका तर्फबाट यो विषयमा सदनमा आवाज उठ्छ ।’

ठूला दलहरुमा एकले अर्कोलाई निषेध गरेर अगाडि बढ्ने प्रवृत्ति बढेको भन्दै राजपा नेपाल आगामी रणनीति तय गर्न जुटेको छ । विहिबारदेखि राजनीतिक समितिको बैठक चलिरहेको छ । ‘राजनीतिक समितिको बैठकमा पनि सरकारको कामबारबाहीका सन्र्दभमा कुरा उठेका छन् ।’ सुमनले भने, ‘सरकार एक्लै अगाडि बढ्दा आर्थिक समृद्धिको सपना पुरा हुँदैन की भन्ने हाम्रो चिन्ता हो ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफ्नै हठमा रहेको राजपा नेताहरुको बुझाई छ । सरकारले जसरी पनि आफूखुसी निर्णय लाद्ने र प्रतिपक्षी संवैधानिक लोकतन्त्रका नाममा भाग खोज्ने लडाइमा रहेको उराजपाको आरोप छ । ठूला दलहरुको यस्तो प्रवृत्तिको सिकार भएका साना दलहरु त्यसमा पनि राजपा संविधानको सर्वस्विकार्यताको विषय उठाइरहेको छ । राजनीतिक समितिमा पनि यो विषय छलफलमा रहेको नेता सुमनले जानकारी दिए ।

प्रकाशित समय २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु