गृहपृष्ठ ३० हजार घुससहित भूमिसुधारका कर्मचारी पक्राउ

३० हजार घुससहित भूमिसुधारका कर्मचारी पक्राउ

ghus-newskarobar

भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा ३० हजार नगदसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आइतबार कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक कार्कीले ३० हजार घुससहित पक्राउ गरेको पुष्टि गरेका छन् । उनले भूमिसुधार कार्यालय विराटनगरका नायव सुब्बा दामोदर खतिवडालाई ३० हजार नगदसहित पक्राउ गरेको बताए ।

विराटनगरका एकजनासँग मोहियानी हक मिलाइदिने भन्दै खतिवडाले घुस मागेको दावी गरिएको छ । घुस दिने व्यक्तिले नै अख्तियारलाई सम्पर्क गरेर पक्राउ गर्न अनुरोध गरेका थिए ।

घुस दिने व्यक्तिले घुस दिएको नोट नम्बर अख्तियारलाई उपलब्ध गराएका आधारमा प्रहरीले पक्राउ गरेको हो । घुस दिने व्यक्तिको पहिचान भने अख्तियारले गोप्य राखेको छ ।

प्रकाशित समय १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु