गृहपृष्ठ भृकुटीमण्डपमा इक्यान शैक्षिक मेला

भृकुटीमण्डपमा इक्यान शैक्षिक मेला

ecan-newskarobar परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली नेपाल शैक्षिक परामर्श संघ (इक्यान)द्धारा काठमाडौंको भृकुटिमण्डपमा शुरु १२ औं शैक्षिक मेलाको उद्घाटन गर्दै । 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२ औं शैक्षिक मेला बिहिबारदेखि भृकुटीमण्डपमा शुरु भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मेलाको उद्द्दाटन गरे ।

मन्त्री ज्ञवालीले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागि शैक्षिक गन्तव्य बनाउन सकिने दावी गरे । उनले नेपालमा बौद्ध शिक्षा, हिमाल आरोहण शिक्षा, संस्कृतिलगायतका विषयमा अन्य देशका विद्यार्थी भित्र्याउँन इक्यानले भूमिका खेल्नुपर्ने बताए ।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले ‘शिक्षा आर्जन गर्न विदेश जाँदा विद्यार्थी नठगिउन र सही परामर्श पाउन’ भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी दिए । इक्यानको शैक्षिक मेला पहिलोपटक सन् २००८ मा आयोजना गरिएको थियो । मेलामा ३८८ वटा कक्ष राखिएको छ ।

(रासस)

प्रकाशित समय २२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु